ऋषेश्वर महादेव पञ्चमीमा खुला रहने

२३ भदौ ७८, बिहीबार

२४ भदाै, काठमाडौँ।

काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ । सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो । दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिए।

Advertisement

हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् । दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ ।

भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top