ओली सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

ओली सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

२५ भदाै, काठमाडौं ।

सरकारले केपी ओली नेतृत्वकाे सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित गरेकाे छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै ल्याएकाे  प्रतिस्थापन बजेटमा साे कार्यक्रम स्थगित गरिएकाे जनाइएकाे छ ।

पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताए ।

आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.