एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौंमा बृहत प्रदर्शन

२६ भदौ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले एमसीसी विरुद्ध काठमाडौँमा बृहत प्रदर्शन गर्ने भएको छ । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले यसबारे जानकारी दिएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक संकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए । उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताए । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताए । प्रवक्ता प्रकाण्डले भने, ‘नयाँ सरकारले संसद बन्द गर्यो, त्यसपछि एउटा अध्यादेश ल्यायो, पार्टी सम्बन्धी अध्यादेश, फेरि त्यको एक, दुई हप्ता नबित्दै तुरुन्तै हाउस बोलाएर एमसीसीलाई पास गर्ने जोड गरिरहेको छ, त्यसैले हामीले केन्द्रिय समितिको बेठक रोक्यौँ र यसलाई राष्ट्रिय र केन्द्रिकृत रुपमा आन्दोलनको नेतृत्व गर्न पार्टीले एक हप्ते संघर्षको कार्यक्रम राखेको छ, भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन हुँदैछ, भर्खर आन्तरिक शंकटबाट सरकार बनेको छ, देउवा सरकार पनि ६ महिना वा १ वर्ष कति टिक्छ टुंगो छैन, त्यसैले अहिले एमसीसी पास गरेर मुर्खता नगर्नूस् ।’

Advertisement

प्रवक्ता प्रकाण्डले सरकारले यदि मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए । एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा काँग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । उनले एमसीसी पास गरे आगामी संसदीय चुनाव खरानी भएर जनमत संग्रह हुने बताए।

उनले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए । उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए । सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top