ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, नौ घाइते

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, नौ घाइते

२७ भदौ, ओखलढुङ्गा ।

मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा आज आइतवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जीपमा चालकसहित १० जना रहेका । तीमध्ये एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाण्डौ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो । घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।

गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजान पहल भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.