संसद्‌ अवरोधबारे देउवाको प्रतिक्रिया– ओलीलाई सोध्नुस्

२७ भदौ, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा जारी अवरोध कहिले हट्छ भन्नेबारे विपक्षी दलका नेतालाई सोध्न आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण आइतबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले संसदमा जारी अवरोध कहिले हट्छ भन्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थाहा हुने बताए।

Advertisement

संसद् अवरोध कहिलेसम्म हट्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ’यो प्रश्न केपी ओली (विपक्षी दलका नेता)लाई सोध्नुस्।’

गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरुमा एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेर सदनका कारबाही अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन्।

Advertisement

एमालेका सांसदहरुको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो। यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए।

आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top