एक वर्षमा ७ जनाको लियो सेतीले

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

Advertisement

यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन् ।

सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएका बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीयवासी भरत द्वारियाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लका एक वर्षको अवधिमा सेतीमा नुहाउन गएर ज्यान गुमाउनेमा केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर छन् ।

यसैगरी आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्की, दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाएका छन् ।

सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, “सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तीव्र छ, त्यसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति यस नदीमा छिट्टै डुब्ने गर्छन् र बेपत्ता हुने गरेका छन् ।”

सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।

नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन् । यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन् ।

भर्खरको समाचार

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top