×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

नौमती बजाएर पनि उठेन कर

२८ भाद्र २०७८

काठमाडौं: काठमाडौं महानगरपालिकाले साउन १६ र २५ गते सूचना जारी गर्दै घर जग्गा / सम्पत्ति कर नतिर्ने ठूला करतादाको नाम सार्वजनिक गर्‍यो । ७२ ठूला करदाताको नाम सार्वजनिक गरेसँगै कर तिर्न ३० दिने अल्टिमेटम समेत दियो ।

करदातालाई सूचित गर्न घरघरमा गएर माइकिङ गर्ने, सूचना टाँस्ने काम भयो । भदौ ९ मा त महिला समूह नै लगाएर नौमती बाजासमेत बजाइयो । तर महानगरले अनुमान गरेजस्तो कर उठ्न सकेन । अहिलेसम्म १५ जना करदाताले मात्र कर तिरेका छन् । जसमध्ये ८ जनाले आंशिक र ७ जनाले पूरा कर चुक्ता गरेको महानगरअन्तर्गतको राजस्व विभागले जनाएको छ ।

Advertisement

महानगरले सार्वजनिक गरेको सूचीमा कर तिरिसकेको सूचीमा अम्बे कम्प्लेक्सको पनि नाम समावेश थियो । पछि विभागले भूलवश अम्बे कम्प्लेक्सको नाम समावेश भएको भन्दै प्रस्टीकरण दिएको थियो । विभागका अनुसार आइतबारसम्ममा जिग्मी सिग्मी पर्वल विष्ट, बुद्ध महल, केशा प्रोपर्टिज प्रालि, सुरज आर्केड, बैसाली होटल प्रालि, राजेन्द्रकुमार काँवरा, होटल मर्स्याङ्दीले पूरा कर चुक्ता गरेका छन् ।

त्यस्तै, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, एलआरआई बोर्डिङ स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी, स्टार मल, केजे प्रोपर्टिज प्रालि (गोपालजी प्रोपर्टिज) ले आंशिक कर तिरेका छन् । त्यसबापत ३ करोड ९४ लाख ९ हजार ६ सय ९८ रुपैयाँ कर संकलन भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले नै आंशिक मात्रै कर बुझाएको छ ।

महानगरको राजस्व ऐनको दफा १२ (३) मा उपदफा २ बमोजिम कर रकमको वार्षिक १० प्रतिशत जरिवाना, सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायत कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकीसरह असुल गर्न सकिने व्यवस्था छ । तर महानगरले आफैंले बनाएको ऐनअनुसार पनि कर असुल गर्न सकेको छैन ।

महालेखा परीक्षकको प्रतिवेदनले महानगरले १ सय ६३ करदाताबाट २५ करोड १९ लाख ४१ हजार ६ सय ७८ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिबाट ०७६ / ७७ सम्मको ४ करोड ४५ लाख २६ हजार ४ सय ६० असुल गर्नुपर्ने औंल्याएको छ ।

महानगरले कर असुलीलाई तीव्रता दिन गत वर्ष असोजदेखि अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार उक्त प्रणालीमा हालसम्म २ लाख ५ हजार करदाता जोडिएका छन् । तर पनि पुरानो बक्यौता असुली सन्तोषजनक नभएको भन्दै नौमती बाजा अभियान नै चलाइएको थियो ।

Advertisement

तर त्यसको पनि परिणाम उत्साहजनक देखिएन । विभाग प्रमुख डा. शिवराज अधिकारीले फोहोर व्यवस्थापनमा भएको ढिलाइले महानगरप्रति स्थानीयहरूमा नकारात्मक धारणा बनेका कारण पनि कर असुली अभियानले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको दाबी गरे । ‘फोहोर र कर उठाउने विभाग नै फरक छ । आ–आफ्नो जिम्मेवारी हुन्छ तर महानगबासीले दुवैलाई एकै ठाउँमा राखेर हेर्दा कर उठाउन सकेनौं,’ उनले भने ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top