दक्षिणपूर्वी चीनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्यो

२९ भदौ, काठमाडौं ।

चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणा वृद्धि भएको छ।

स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्धसहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।

Advertisement

अघिल्लो दिन २२ संक्रमित फेला परेकोमा फुजियानमा सेप्टेम्बर १३ मा ५९ जनामा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

४ दिनमा फुजियानमा १०२ जनामा संक्रमणको सूचना आएको जनाइएको छ। फुजियान उत्तरमा झेजियाङ र दक्षिणमा ग्वांगदोङसँग जोडिएको छ।

Advertisement

संक्रमितको संख्या अक्टोबरमा सुरु हुने सताव्यापी राष्ट्रिय दिवसको छुट्टी अघि बढेको छ। जसलाई एक प्रमुख पर्यटकीय समयको रुपमा लिइन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top