नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२९ भदाै, काठमाडौं।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लागेको छ । त्यसमा बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.४६, विकास बैंक ६६.८४, जलविद्युत् ३०.८३, वित्त २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, अन्य ८.७१, लघुवित्त २८.६२, जीवन बीमा १४४.६८, सामूहिक लगानी कोष ०.०३, लगानी ०.७८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको कारोबार भयो । यस्तै, रैराङ हाइड्रोपावर रु २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर रु २२ करोड ३४ लाख ३२ हजार ६३८, एनआइसी एशिया बैंक रु १५ करोड ७३ लाख २६ हजार ५६७ र नेशनल हाइड्रोपावर रु ११ करोड ८७ लाख ८० हजार ६६१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रैराङ हाइड्रोपावर ५.०४, एनआइबिएल समृद्धि फण्ड एक ३.९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.४६ प्रतिशतले कमाए ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५.५६, सिटिजन म्यचुअल फण्ड ३.७७, लाइफ इन्स्योरेन्स कम्पनी ३.६४, अजोड इन्स्योरेन्स ३.५० र एनआरएन इन्फास्ट्रक्चरको शेयरधनीले ३.२० प्रतिशतले गुमाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.