×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

नेपालमाथि ओमानको सानदार जित, जतिन्दरको शतक

३० भाद्र २०७८

३० भदाै, काठमाडौं ।

ओपनर जतिन्दर सिंहको शतकमा घरेलु टाेली ओमानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालमाथि ५ विकेटको सानदार जित हात पारेको छ । अल अमरेत क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

Advertisement
Advertisement

ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाए । जतिन्दरले कुशल मल्ललाई चौका प्रहार गर्दै ६० बलमा शतक प्रहार गरेका थिए । जतिन्दर ओमानबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

त्यसअघि जतिन्दरले आक्रामक ब्याटिङ गर्दै दोस्रो इनिङको सुरुवातदेखि नै ओमानलाई बलियो स्थितिमा पुर्याएका थिए । दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए । पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । आठौं ओभरमा करणले २० रन खर्चेका थिए । ओमान सामू नेपाली बलर निरिह सावित बने ।

चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर सुशान भारीले ११ औं ओभरको चौथो बलमा अयान खानलाई १८ रनमा आसिफ शेखबाट क्याच आउट गराए । खानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जिशान मकसुदलाई स्पिनर कुशल मल्लले ४ रनमा आसिफबाट क्याच गराउँदै ओमानको रनको गति कम गराएका थिए । जतिन्दरलाई कुशल मल्लले २६ औं ओभरको तेस्रो बलमा रोहितबाट क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । नेपाली मुलका विकेटकिपर सुरज कुमार १६ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए ।

सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो ।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करिअरको पहिलो शतक बनाउनबाट १० रनले चुकेका थिए । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदान ओमानलाई भारी पर्यो । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । त्यसपछि कुनैपनि ब्याट्सम्यानले राम्रो साझेदारी र प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल ३४ बलमा २० रनमा क्याच आउट भए । स्पिनर नेस्टर धम्बाको बलमा विकेटकिपर विनोद भण्डारी ६ रनमा जतिन्दर सिंहबाट क्याच आउट भए ।

सोमपाल कामी ७ रनमा रन आउट भएका थिए । ३४ औं ओभरको अन्तिम बलमा बिलाल खानले कुशल मल्ललाई ४ रनमा बोलड आउट गरेपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो । कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । कुशल आउट हुँदा नेपाल १४६–६ को कमजोर अवस्थामा पुगेको थियो ।

विक्रम सोबलाई बिलाल खानले दुई रनमा बोल्ड आउट गर्दै नेपालमाथि पूर्ण रुपमा ओमानलाई हाबी बनाए । सन्दीप लामिछाने १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा रन आउट भए । करण केसीले तल्लोक्रममा ४८ बलमा १ चौका र १ छक्का सहित २१ रनमा आउट भए । अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरेका थिए ।

Advertisement

ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भदौ १७ मा अमेरिकासँग खेल्ने छ । ओमानले भदौ १६ मा अमेरिकासँग खेल्ने छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top