×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

३० भाद्र २०७८

काठमाडौं : केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त रु यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो।

तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन।’

Advertisement

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए। वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो। केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन्। अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे। कति होलान् यस्ता कम्पनी रु

नाम उल्लेख नगर्ने सर्तमा विभागका एक निरीक्षक भन्छन्, ‘स्यानिटाइजरको खोलमा ठेगाना नै हुँदैन। सम्पर्क नम्बरसमेत हुँदैन। त्यस्तोलाई कहाँ खोज्ने रु कसरी कारबाही गर्ने रु बजारमा भएको स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ता आफैं चनाखो हुनुपर्छ।’

Advertisement

अधिकांश उपभोक्ता स्यानिटाइजर र मास्कको गुणस्तरबारे हेक्का राख्दैनन्। तर, चिकित्सक एवं स्वास्थ्यकर्मी डराई–डराई त्यसको प्रयोग गर्छन्। अनि, बिरामीको उपचारमा जुट्छन्। ‘बिरामीले घसेको वा लगाएको मास्कको के ग्यारेन्टी छ र रु हेक्का नराख्ने हो भने बिरामीबाट हामी र हामीबाट बिरामीलाई पनि कोरोना सर्न सक्छ’, त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्, ‘मास्क र स्यानिटाइजर लगाउँदैमा ढुक्क हुन सकिँदैन।’,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

सम्बन्धित खबरहरु

Scroll to Top