×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यसरी लिइँदै छ कक्षा १२ को परीक्षा

३० भाद्र २०७८

३० भदौ, काठमाडौँ ।
कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज (बुधबार) बिहान ११ बजेबाट शुरु भएको हो । देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ । परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा प्रवेश गर्न दिइएको रत्नराज्य क्याम्पसका निमित्त प्रधानाध्यापक रामाशीष यादवले बताए । उनले हरेक विद्यार्थीहरुलाई तीन मिटरको दूरी कायम गराएर परीक्षा सञ्चालन गराइएको बताए ।

Advertisement
Advertisement

नि. प्रधानाध्यापक यादवले भने‘लामो समयदेखि जाँच रोकिएको थियो, राज्यले जाँच लिनुपर्ने, राज्यले विद्यार्थीको भविष्यमाथि खेलवाड नहुने दृष्टिकोणले नियम बनायो, त्यो नियम पालना गर्ने क्रममा हामीले विद्यार्थीको भौतिक उपस्थिती नै कायम गराएर दुई दिन पहिलादेखि प्रत्येक रुमलाई स्यानिटाइजर गर्यौं, आज विहान पनि स्यानिटाइजर गर्यौं, विद्यार्थीहरुलाई ज्वरो आएका छ कि छैन जाँच गरेर, मास्कको व्यवस्था गरेर, हरेक विद्यार्थीलाइ साढे तीन फिटको डिस्टेन्स राखेर परीक्षा लिएका छौँ ।’

त्यस्तै विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रशाद शर्माले हरेक विद्यार्थीहरुको ज्वरोको परीक्षण गरेर मात्रै कक्षाकोठामा प्रवेश गराइएको बताए । उनले कोरोनाको जोखिमबाट बच्नका लागि प्रत्येक विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको बताए ।

उनले भने, ‘कोभिड महामारीको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्यको मापदण्ड अपनाएका छाैँ, गेटमै मास्क अनिवार्य गरेका छौँ,परीक्षाका लागि गेटमा जानुअघि थर्मल गन प्रयोग गरेर ज्वरो नाप्छौँ,ज्वरो आएका विद्यार्थीहरुका लागि पीसीआरबाट पोजेटिभ देखिएको सर्टिफिकेट ल्याएपनि नल्याएपनि उनीहरुमा ज्वरो देखियो भने हामी छुट्टै कक्षाकोठाको व्यवस्था गरेका छौँ ।’

कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो । आजबाट देशभरका करिव पौने ४ लाख विद्यार्थीहरुले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top