३० भदौ, बुटवल ।
लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन् ।
वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार किटानी जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय बुटवलमा पुगेकी वलीले पोखरेलसहित म्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी हुन् ।
आफ्नो सरकार अल्पमतमा परेपछि आफुलाई पाँच दिन सम्म दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको वलीकाे आरोप छ । आफु मुद्धा मामिला गर्ने पक्षमा नभएकाले त्यसबेला यस विषयमा नसोचेको बताएकी उनले आफु आफ्नो राजनीतिलाई नै सिध्याउन लागि परेपछि बाध्य भएर मुद्धा दर्ता गर्ने निणर्यमा पुगेको बताएकी छन् ।
उनले भनिन्, ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन । अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’
आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् । वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।
उक्त मुद्धा दाङबाटै सुरु भएकाले बुटवलमा दर्ता भएको यो मुद्धा दाङ प्रहरीलाई रिफर गरिने भएको छ ।