×

NEPAL TIMES UPDATES

Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026
Playing
ज्या न मुद्दामा राष्ट्रपतिको माफी सदर गर्नुपर्ने रिगलको माग सर्वोच्चले मानेन || Nepal Times
Apr 02, 2026
Playing
हप्तौदेखि संसद बैठक मागिरहेका हर्कले पहिलो बैठकमा के भने ? || Nepal Times
Apr 02, 2026
Playing
महेन्द्रदेखि ज्ञानेन्द्रसम्मलाई चुनौती दिने विद्यार्थी नेता कसरी बदनाम भए ?|| Nepal Times
Apr 02, 2026
Playing
बालेन सरकारको एक्सन जारीःव्यवसायी दीपक भट्ट प क्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान || Nepal Times
Apr 02, 2026
Playing
Iran–US बीच महाडिल हुन लागेको हो? न्यूक्लियरबाट होर्मुजमा ओर्लिए Trump || Nepal Times
Apr 02, 2026

मनमौजी सीडीओ हेरफेर : कसैलाई अवसरै अवसर, कसैलाई ५ महिना नपुग्दै सरुवा

३१ भाद्र २०७८

काठमाडौं: गृह मन्त्रालयले मनमौजी पारामा एक दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार १४ सहसचिव र २ उपसचिवको सरुवा गर्दा १२ जिल्लामा सीडीओ फेरिएका हुन् । उपत्यकाका तीनवटै जिल्लामा १ वर्ष अवधि नपुग्दै सीडीओको सरुवा भएको छ ।

२०७७ मंसिर १० मा काठमाडौंको सीडीओ भएका कालीप्रसाद पराजुलीलाई ९ महिना नबित्दै प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ । उनको ठाउँमा गृह मन्त्रालयमा रहेका गोविन्दप्रसाद रिजाललाई सरुवा गरिएको छ ।

Advertisement

२०७७ मंसिर १५ मा भक्तपुरका सीडीओ भएका प्रेमप्रसाद भट्टराई पनि ९ महिना बित्न नपाउँँदै प्रधानमन्त्री कार्यालय सरुवा भएका छन् । उनको ठाउँमा गुल्मीकी सीडीओ रुद्रादेवी शर्मालाई पठाइएको छ । २०७७ पुस ६ मा गृहबाट ललितपुरको सीडीओका रूपमा सरुवा भएका ढुण्डीप्रसाद निरौला ८ महिना नबित्दै गृहमा तानिएका छन् ।

संखुवासभाका सीडीओ टेकनारायण पौडेललाई ५ महिना बित्न नपाउँदै गृहमा काज सरुवा गरी मन्त्रालयमा कार्यरत नूरहरि खतिवडालाई पठाइएको छ । यसअघि संखुवासभामा सीडीओ उपसचिव तहका कर्मचारी रहेकामा यसपटक सहसचिव खतिवडालाई पठाइएको हो ।
चितवनमा ६ महिना नपुग्दै सीडीओ प्रेमलाल लामिछानेलाई रक्षा मन्त्रालय पठाएर उनको ठाउँँमा रूपन्देहीका सीडीओ आस्मान तामाङलाई काज सरुवा गरिएको छ । लामिछानेलाई २०७७ फागुन २३ मा गृहबाट चितवन सरुवा गरिएको थियो । गृहमन्त्रीको जिल्ला समेत रहेको रूपन्देहीमा गृहका ऋषिराम तिवारीलाई पठाइएको छ ।

उदयपुरमा पनि एक वर्ष नपुग्दै सीडीओ तुल्सीराम सेढाईंलाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ । रामेछापको सीडीओमा २०७७ फागुन २५ मा गौलोचन सैंजुको सरुवा भएकामा उनलाई हटाएर दीपककुमार पहाडीलाई पठाइएको छ ।

२०७७ फागुन १९ मा गोरखा पुगेका शालिकराम शर्मा पौडेललाई हटाएर शंकरहरि आचार्यलाई लगिएको छ । मोरङका कोषहरि निरौला, दोलखाका वासुदेव घिमिरेलगायत केही जिल्लाका सीडीओलाई भने एक वर्ष अवधि पुगेपछि सरुवा गरिएको छ । धेरैजसो जिल्लामा अघिल्लो सरकारको प्राथमिकतामा परेका सीडीओ अहिले मन्त्रालय तानिएका हुन् ।

सुशासन कायम, अपराध अनुसन्धान तथा नियन्त्रण र मुद्दा मामिलामा अर्धन्यायिक अधिकार प्रयोगदेखि जिल्लाका सबै कार्यालयमाथि नियमन र नियन्त्रणको समेत अधिकार सीडीओमा रहन्छ । सीडीओ गृहमा कार्यरत कर्मचारीका लागि आकर्षक पद हो ।

सामान्यतः सरुवाको १ वर्ष नभएसम्म सीडीओ हेरफेर नगर्ने अभ्यास छ । निजामती सेवा ऐन २०४९ को दफा १८ र नियमावली २०५० मा एकपटक सरुवा भएका कर्मचारीलाई सुगम जिल्लामा २ वर्ष र दुर्गममा डेढ वर्ष सेवा गर्न दिइने उल्लेख छ । औचित्य, आवश्यकता, विशेष परिस्थिति पुष्टि भए समय अगावै पनि कर्मचारी सरुवा गर्न सकिने व्यवस्था छ ।

नियमित शान्तिसुरक्षा व्यवस्थापन, कानुन कार्यान्वयन र प्रदेश तथा स्थानीय तहसँग समन्वय, केन्द्र सरकारको प्रतिनिधि मात्र होइन, चुस्त प्रशासनिक सेवा प्रवाहमा समेत महत्त्वपूर्ण भूमिका रहने सीडीओलाई काम गर्न नै नदिएर अस्थिर बनाउन खोजिएको छ । एक वर्ष नपुग्दै सरुवा भएका एक सीडीओले मन्त्री र सचिवको निकट हुन नसक्दा अस्वाभाविक सरुवामा परिएको भन्दै गुनासो गरे ।

‘सरुवा स्वाभाविक कि अस्वाभाविक छ भनेर मूल्यांकन त हुनुपर्ला नि,’ सरुवामा परेका ती सीडीओले कान्तिपुरसँँग भने, ‘यसरी नै अस्थिर र तजबिजी अनि निकटताका आधारमा सरुवा हुने हो भने सुशासनको जति नै गफ लगाए पनि बेथिति नियन्त्रण गर्न सकिँदैन ।’

Advertisement

पूर्ववर्ती सरकारका पालामा पनि यस्ता बेथितिपूर्ण सरुवा भएका थिए । त्यसलाई अहिलेको सरकारले समेत निरन्तरता दिएको देखिन्छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सीडीओ सरुवालाई नियमित प्रक्रिया भन्दै अन्यथा लिन नहुने बताए ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top