भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य

३० भदौ ७८, बिहीबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार प्राधिकरणले गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत् ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ ।

जुन अघिल्लो आव २०७६\७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत् औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो ।

Advertisement

भारतीय विद्युत् महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युत्को खरीद दर भने घटेको छ । गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युत्को औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ ।

गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत् खरीद भएको थियो । यस्तै, गत आवमा भारतबाट हुने विद्युत् (इनर्जी) को आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युत्को आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ ।

तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत् आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत् आयात भएको छ ।

पछिल्लो समय नेपालमा विद्युत्को उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ ।

त्यो समयमा विद्युत् माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत् निर्यात पनि हुँदै आएको छ ।

गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत् खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत् खपत भएको थियो ।

गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत् आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत् भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top