×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026

रासायनिक मललाई पाँच अर्ब अपुग

६ आश्विन २०७८

काठमाडौं: रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन माग गरे पनि अर्थ मन्त्रालयले १५ अर्ब रूपैयाँ मात्र विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष ०७८ / ७९ मा मल खरिदका लागि १२ अर्ब रूपैयाँ बजेट विनियोजन भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत तीन अर्ब थपेर१५ अर्ब रूपैयाँ पुर्‍याएका छन् । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले थप बजेट आवश्यक भएको पशुपंक्षी मन्त्रालयको भनाइ छ ।

Advertisement
Advertisement

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले रासायनिक मल खरिदका लागि करिब २० अर्ब रूपैयाँ विनियोजन गर्न आग्रह गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘अर्थसँगको छलफलमा मलका लागि २० अर्ब बजेट माग गरेका थियौं,’ प्रवक्ता सञ्जेलले भने, ‘मागभन्दा पाँच अर्ब रूपैयाँ कम विनियोजन भएको छ ।’ रासायनिक मलको ६० देखि शतप्रतिशतसम्म मूल्य बढेको सञ्जेलले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले थप बजेट चाहिएको हो,’ उनले भने ।

यता किसानले मागका आधारमा मल पाउन सकेका छैनन् । मल खरिदका लागि भएका टेन्डररद्द भएकाले समयमा मल आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । धानमा टप ड्रेसिङ गर्ने बेला घन्टौं लाइन बसेरपनि किसानले मल पाउन सकेका छैनन् ।

धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् । सरकारको फितलो तयारीले सधैं रासायनिक मल अभाव भएको राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धब अधिकारीले बताए । सम्बन्धित निकाय जवाफदेही नहुँदा बर्सेनि धान रोप्ने रगोड्ने बेला किसानले मलको अभाव झेल्दै आएको उनले बताए ।

जेठ १५ मै मलका लागि बजेट सुनिश्चित हुँदा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमता भएको अधिकारीको आरोप छ । रासायनिक मल आयात गरेरआपूर्ति गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी रसाल्ट ट्रेडिङ कर्पोरेसनसँग पुरानो स्टक रित्तिँदै गएपछि किसानले मल पाउन छाडेका छन् । कृषि सामग्री रसाल्ट ट्रेडिङसँग भएको सीमित मल पनि रित्तिँदै गएको छ ।

धान गोड्दा युरिया मल प्रयोग हुने भएकाले युरियाको माग उच्च छ । मल ल्याउन सम्झौता गरेका कम्पनीले ठेक्का तोडेको कारण मल आपूर्तिमा समस्या आएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य ज्यादै बढेकोको ठेकदारले सम्झौता तोडेका हुन् । पुरानो स्टक सकिँदै गएकाले मागका आधारमा मल आपूर्ति हुन सकेको छैन ।

सेप्टेम्बर २० (सोमबार) सम्म नेपाल आइपुग्ने भनेको १० हजारमेट्रिक टन मल पनि आइपुगेन । हावाको बहावको कारण समुद्रबाट निर्धारित समयमा मल आउन नसकेको प्रवक्ता सञ्जेलले बताए । ‘दुई /चार दिनमा थप १० हजारमेट्रिक टन मल आइपुग्छ,’ उनले भने । पुरानो खरिदले असार, साउनसम्म धानेको भए पनि अहिले मागका आधारमा आपूर्ति गर्न नसकेको सञ्जेलले स्वीकार गरे । बंगलादेशबाट आयात गरेको ५० हजार मेट्रिक टन रपुरानो मौज्दातले अहिलेसम्म धानेको थियो ।

कृषि सामग्री कम्पनी रसाल्ट ट्रेडिङले सम्झौता गरेको एक लाख ७५ मेट्रिक टन मल दुई महिनाभित्र आइपुग्ने बताइएको छ । मुलुकभरवार्षिक करिब चारलाख मेट्रिक टन मल आवश्यक पर्छ । सरकारले विनियोजन गरेको १२ अर्ब रूपैयाँले यो वर्ष साढे दुईदेखि तीन लाख मेट्रिक टन मात्र मल खरिद गर्न सकिने भएकाले बजेट थप गरिएको हो । मुलुकमा खपत हुने रासायनिक मलमध्ये ६० प्रतिशत युरिया, ३५ प्रतिशत डिएपी रपाँच प्रतिशत पोटास खपत हुन्छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थामा भएको त्रुटिको कारण पनि मल खरिदमा कठिनाइ भएको सरकारी अधिकारीको दाबी छ ।

Advertisement

मल खरिदका लागि बोलपत्र आह्वान गरेपछि नेपाल ल्याइपुर्‍याउन चारदेखि ६ महिना लाग्छ । भारतबाट मल ल्याउन जिटुजीका लागि सैद्धान्तिक सहमति भए पनि सम्झौता हुन सकेको छैन । अक्टोबरमा सम्झौता हुने सम्भावना रहेको उनले बताए ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top