साढे बीस किलो गाँजासहित तीन पक्राउ

साढे बीस किलो गाँजासहित तीन पक्राउ

मोरङ, साउन २

मोरङको कानेपोखरीबाटसाढे बीस किलो लागुऔषध गाँजासहित मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कानेपोखरी गाउँपालिका ४ धम्कुवा बस्ने बमबहादुर लिम्बुको घरमा लुकाई छिपाई राखेको बीस किलो पाँच सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो।

लिम्बुको घरमा गाँजा लुकाएको भन्ने भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनको घर तलाशी गर्दा सो गाँजा बरामद भएको थियो। गाँजासंगै प्रहरीले ३२ वर्षीय लिम्बु र सोही ठाउँ बस्ने २१ वर्षीय रमेश कार्कि तथा २७ वर्षीय शम्भु लिम्बुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै बेलबारी नगरपालिका ७ चिसाङबाट ६० लिटर घरेलु मदिरा बरामद भएको छ। प्रहरी चौकी बाहुनीबाट खटिएको टोलीलाई देख्नासाथ साइकलमा मदिरा बोकेर हिड्दै गरेका मानिसहरुले मदिराको ग्यालेन छाडेर भागेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.