काठमाडौँ महानगरका विद्यालय आइतबारबाट खुल्ने

८ असोज, काठमाडौैं ।

काठमाडौँ महानरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु आगामी आइतबारबाट खुल्ने भएका छन् । महानगरलगायत देशभरका विद्यालय कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेका छन् ।

बुधबार बसेको महानगर शिक्षा समितिको वैठकले स्वाथ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

Advertisement

उनले भने, ‘सबै विद्यालय खोल्नैपर्छ भन्ने छैन, तर वैकल्पिक शिक्षा प्रभावकारी बनाउन नसकेका विद्यालयले भौतिकरुपमा पढाइ अघि बढाउन सक्छन् ।’

विद्यालयले अभिभावकहरुको समर्थन लिएर भौति रुपमा कक्षा सञ्चालन गर्न सक्ने सुवेदीको भनाइ छ । विद्यालयले अभिभावकसँग छलफल गरेर खोल्ने निर्णय गरेपछि उक्त निर्णयअनुसारको कार्ययोजना बनाएर महानरपालिकामा पेश गरेपछि मात्र विद्यालय खोल्न पाउने उनले बताए ।

Advertisement

उक्त तयारी गर्नका लागि महानरले आइतबारसम्मको समय दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top