×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६ भारतीय ट्रकसहित ३३ लाखको अवैध केराउ बरामद

७ आश्विन २०७८

७ असोज, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारत तर्फ चोरी निकासी गर्न लागेका ३३ लाख मूल्यको अवैध केराउ पक्राउ भएको छ ।

Advertisement
Advertisement

कृष्णनगर भन्सार नाका हुँदै लैजान लागेको साढे २२ टन केराउ (मटर) प्रहरीले बुधवार राती पौने १० बजे बरामद गरेको थियो । प्रहरीले अवैध निकासी प्रयोजनमा प्रयोग भएका ६ वटा भारतीय मालवाहक ट्रकसमेत नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिका–१ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्ला मन्डीदेखि अवैध केराउसहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । भण्डारीका अनुसार नेपालमा सामाग्री ढुवानीपछि खाली जानुपर्ने भए पनि निर्यात प्रतिबन्ध लागेको केराउ लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताए ।

Advertisement

कुल नौवटा ट्रकमा अवैध केराउ ओसारपोसार गर्न खोजिएको थियो । तीमध्ये ६ सवारी साधन प्रहरीले पक्राउ गरेको थियो । दुई सवारी साधन कृष्णनगर भन्सार कार्यालयको पार्किङ यार्डभित्र छिराएको थियो भने एउटा ट्रक भारततर्फ प्रवेश गरेको थियो । प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि ११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताइएको छ । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लैजाने तयारी भइरहेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top