७ असोज, काठमाडौं ।
नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबारबाट तुलसीलाल प्रतिष्ठान च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू हुनेछ। बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।
केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको तामाङले जानकारी दिए ।
बैठक दुई दिनसम्म चल्ने कार्यालय उनले बताए ।