स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान

स्थानीय तहमा जनताको मन जित्ने नेतृत्व चयन गर्न देउवाको आह्वान

९ असोज, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् , ‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ । कांग्रेसले १३ जिल्लामा भने क्रियाशील सदस्यताकै टुंगो लगाउन सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.