×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

बर्ल र गुरबाजको उत्कृष्ट ब्याटिङमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

९ आश्विन २०७८

९ असाेज, काठमाडौं।

काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सानदार विजयी सुरुवात गरेको छ । शनिवार टियु मैदानमा भएकाे उद्धघाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो ।

Advertisement
Advertisement

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंको जितमा रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्का सहित ७३ रनमा अविजित रहे । रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए । स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्का सहित एकै ओभरमा २९ रन जोडेका थिए ।

विकेटकिपर तथा ओपनर रहमानउल्लाह गुरबाज ३६ बलमा ४ चौका र ४ छक्का सहित ५६ रनमा आउट भए । उनले २४ बलमा अर्धशतक प्रहार गरेका थिए । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए । राजु रिजाल १३ बलमा २ चौका सहित १९ रनमा अविजित रहे । ललितपुरका पवन सरार्फले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पहिलो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । अन्तिम बलमा जितेन्द्रले श्रीलंका ब्याट्सम्यान सन्दुन वीराकोडीलाई दुई रनमा राजु रिजालबाट क्याच गराएका थिए ।

दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दै ललितपुरलाई ७–३ को अवस्थामा पुर्याएका थिए ।

चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । जितेन्द्रले दशौं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । पाँचांै विकेटका लागि पवन र योगेन्द्रले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका थिए ।

Advertisement

पवन स्पिनर रयान बर्लको १७ औं ओभरको दोस्रो बलमा टप एज लागेर फाइन लेगमा शेर मल्लबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा योगेन्द्र एलबीडब्लू आउट भएका थिए । रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top