कतारकी राजकुमारी शेखाले गरिन् मनास्लुको सफल आरोहण

कतारकी राजकुमारी शेखाले गरिन् मनास्लुको सफल आरोहण

११ असाेज, गोरखा ।

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । उनले सोमबार बिहान साँढे १० बजे ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन् ।

उनलाई आरोहण गराउने कम्पनी इलाइट हिमालय एड्भेञ्चरका कुशल बुढाथोकीले भने,‘बिहान साँढे १० बजे सम्मिट गर्नुभयो । अहिले बेसक्याम्पतिर फर्कँदै हुनुहुन्छ । उहाँसँगै हाम्रो कम्पनीबाट गएका विभिन्न देशका पाँचजना आरोहीले पनि सफल आरोहण गरेका छन् ।’

उनीहरुलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए । यसअघि गत वसन्त ऋतुमा राजकुमारी अल थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् ।

मौसम प्रतिकूल भएपछि अहिले मनास्लुको आरोहण गरेकी हुन् । यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।

कतारमा महिला सशक्तिकरणलाई अगाडि ल्याउन र यस क्षेत्रका महिलाहरूले नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिलाउन हिमाल आरोहणमा रहेको उनकाे भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.