×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

क्याप्टेन आङ्गेलो शेर्पा: जसले जाेगाए ७३ यात्रुकाे ज्यान

११ आश्विन २०७८

११ असाेज, काठमाडौँ।

सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन 9N-ANI, उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै थिए आङगेलो शेर्पा । विराटनगरको आकाशमा पुगिसकेकाे जहाज अवतरण गर्ने तयारी गरिरहेका बेला ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए। जसका रहेका यात्रुहरु एक्कासी आत्तिए। ओर्लिनै लागेको जहाज एक्कासी उचाई बढाउँदै गएपछि अत्तालिएका यात्रुहरुलाई चालकदलले विश्वस्त दिलाउँदै धैर्यता राख्न अनुरोध गरे ।

Advertisement
Advertisement

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि शेर्पाले जहाजलाई विमानस्थलसँगको समन्वयमा सिधै काठमाडौँतर्फ डाइभर्ट गरे। विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौँ सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौँतर्फ डाइभर्ट गरेका थिए ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण गराउनुपूर्व विमानमा रहेको इन्धन सकाउनका लागि शेर्पाले काठमाडौँको आकाशमा २ घन्टासम्म विमान घुमाए । त्यस समय त्रिभुवन विमानस्थलमा आवश्यक पूर्वतयारीका लागि पर्याप्त रह्यो । २ घन्टा घुमेपछि विमानस्थलको कोटेश्वर साइडबाट जहाजलाई विमानस्थलमा अवतरण गराइएको थियो ।

जहाज धावनमार्गमा अवतरण गरिसकेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दुवैतर्फबाट दमकल र एम्बुलेन्सले जहाजको पिछा गरेका थिए ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौँमा सुरक्षित अवतरण गराएका थिए । विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका शेर्पाको कुशलता र धैर्यताले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन ।

जहाजमा ६८ वयस्क, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौँ फर्काउने निणर्य गरेका थिए।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौँको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ। जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौँमा फर्काउने निणर्य गरे। काठमाडौँ आकाशमा आइसकेपछि क्याप्टेनले टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top