सुनसरीको इनरुवा नगरपलिका वडा न. १ शान्ति चोक स्थित एन.सी.सी बैकले अपाङ्गता नगरकार्य समितिसँगको समन्वयमा इनरुवा नगरपालिकाका दृष्टिबिहीन नागरिकहरुलाई २५ थान सेतो छडी ९ धजष्तभ अबललभ०ि बितरण गरेको छ ।
इनरुवामा आयोजित एक कार्यक्रमका बीच बैकले सेतो छडी वितरण गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिका वडा न.१ अध्यक्ष रामचन्द्र पोदारले अपाङ्गगता भएका ब्यक्तिहरुलाई पनि अवसर दिए जस्तो सुकै कार्य पनि गर्न सक्ने बताए । एन.सी.सी बैकले दृष्टिबिहीन नागरिकहरुलाई सेतो छडी प्रदान गर्नु सराहनीय काम रहेको भन्दै खुशी ब्यक्त गरे ।
कार्यक्रममा इनरुवा नगरपालिका उद्योग वाणिज्य सघंका पूर्वअध्यक्ष कैलाश पन्चरियाले यस्ता किसिमका सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
एन.सी.सी बैक लि ले आगामी दिनहरुमा पनि यस्ता किसिमका थुप्रै सामाजिक कार्यहरु गर्ने र समाजसँग प्रत्यक्ष रुपमा जोडिदै जाने योजना बनाएको कार्यक्रम संयोजक तथा हामी युवाका संस्थापक अध्यक्ष दिपेश धिमालले जानकारी दिए ।