किशोर विश्वकर्मा
विराटनगर, साउन ८
मोरङ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा सवारी साधनमाथि गरिएको ट्राफिक कारवाहीबाट झण्डै साढे ३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
५४ हजार ९ सय १६ वटा सवारी साधन माथि गरिएको ट्राफिक कारवाहीबाट ३ करोड ४१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।
नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्त सम्ममा ७ हजार ६ सय ६५ वटा ट्रकलाई कारवाही गरी ३९ लाख ४६ हजार रुपैयाँ राजश्व असुली गरिएको जानकारी दिए ।
त्यस्तै सोही अबधिमा ४ हजार २२ वटा बसलाई कारवाही गरी १९ लाख १ हजार ५ सय रुपैयाँ, ११ हजार ५ सय ४्र७ कार/जिप/भ्यानलाई कारवाही गरी ५९ लाख १३ हजार ५ सय रुपैयाँ राजश्व असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी गत आर्थिक वर्षको सोही अबधिमा ५ हजार ४ सय ४२ ट्याक्टरलाई ट्राफिक नियम उल्लंघन गरेवापत कारवाही गरि २७ लाख ७६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै १९ हजार ७ सय ९७ मोटरसाइकललाई कारवाही गरी १ करोड २१ लाख ८ हजार रुपैयाँ र ६ हजार ३ सय ४३ ट्याम्पोलाई कारवाही गरि ३१ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको पोखरेलले जानकारी दिए ।