×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा सवारी साधन कारवाहीबाट साढे ३ करोड राजश्व संकलन

८ श्रावण २०७५

किशोर विश्वकर्मा
विराटनगर, साउन ८
मोरङ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा सवारी साधनमाथि गरिएको ट्राफिक कारवाहीबाट झण्डै साढे ३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

५४ हजार ९ सय १६ वटा सवारी साधन माथि गरिएको ट्राफिक कारवाहीबाट ३ करोड ४१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।

Advertisement
Advertisement

नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्त सम्ममा ७ हजार ६ सय ६५ वटा ट्रकलाई कारवाही गरी ३९ लाख ४६ हजार रुपैयाँ राजश्व असुली गरिएको जानकारी दिए ।

त्यस्तै सोही अबधिमा ४ हजार २२ वटा बसलाई कारवाही गरी १९ लाख १ हजार ५ सय रुपैयाँ, ११ हजार ५ सय ४्र७ कार/जिप/भ्यानलाई कारवाही गरी ५९ लाख १३ हजार ५ सय रुपैयाँ राजश्व असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी गत आर्थिक वर्षको सोही अबधिमा ५ हजार ४ सय ४२ ट्याक्टरलाई ट्राफिक नियम उल्लंघन गरेवापत कारवाही गरि २७ लाख ७६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

Advertisement

त्यस्तै १९ हजार ७ सय ९७ मोटरसाइकललाई कारवाही गरी १ करोड २१ लाख ८ हजार रुपैयाँ र ६ हजार ३ सय ४३ ट्याम्पोलाई कारवाही गरि ३१ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको पोखरेलले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top