×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसभित्रको गुटको अन्त्य गर्न सभापतिमा मेरो उम्मेद्वारी : शशांक कोइराला

२४ आश्विन २०७८

२४ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको आर्थिक विकासको आधार जलविद्युत्, पर्यटन र कृषि भएको बताएका छन्।

Advertisement
Advertisement

नेपाली कांग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिले दशैंका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिन लागेको सो अवसरमा बताए। ‘कांग्रेसलाई एकढिक्का बनाउन म सभापति पदमा उम्मेद्वारी दिन्छु,’ डा कोइरालाले भने।

कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए। ‘कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन,’ उनले भने। जनतालाई कांग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो।

Advertisement

कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए। कांग्रेस पार्टीको सिद्धान्त र विचार विपरित अगाडि बढेको उनको भनाइ थियो।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top