×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गण्डकी पुगेर देउवाले भने- ‘विपक्षीको आलोचनालाई जनताले भोटमा देखाउँछन्’

२४ आश्विन २०७८

२४ असोज, पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् ।

Advertisement
Advertisement

‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’

नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए । ‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ । मलाई विश्वास छ, यो पूरा हुन्छ,’ उनले थपे ।

उनले कोभिड नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको दाबी गरे । ‘अहिले नेपाल कोभिडको महामारीबाट अझैपनि कठिन समय बिताइरहेको छ ।

Advertisement

तर हाम्रो व्यवस्थापनप्रति खुसी भएर अन्तराष्ट्रिय जगतले, विशेषतः विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि रातदिन काम गरिरहेको छ । नेपालले कन्ट्रोल गरेका कारण अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको हो । यो महत्वपूर्ण उपलब्धिको रूपमा हामीले लिएका छौं ।’

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top