कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

२४ असोज, सुर्खेत ।

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्।

सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बेपत्ता भएकी हुन् ।

दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’

डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.