विराटनगर, साउन १३
साहित्य, कला र सङ्गीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ सुन्दरहरैचामा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।
रेडियो सुसेलीको साहित्यिक कार्यक्रम नझरेका फूलहरु पलेँटी साँझको १० औ शृङ्खलाको रुपमा कोसीहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रियस्तरका गायक यम बराल, लाक्पा शेर्पा, सत्यकला राई, सङ्गीतकार राजु सिंह र स्थानीय कलाकारहरु जेवी थुलुङ,सन्जिव धिमाल र रमेश कार्कीलाई सम्मान गरिएको थियो ।
साथै उक्त अवसरमा सम्मानित कलाकारहरुको विशेष प्रस्तुति पनि रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजु सिंहले आफना अनुभव बाड्न पाएकोमा खुसी व्यक्त गरे ।