चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

२५ असोज ७८, मंगलबार

२६ असोज, पाल्पा।

‘नमुछे आमा दहीमा टीका नछरे जमरा ।
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर।’

दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दशैं, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ ।

Advertisement

परदेशमा रहेको छोरा दशैंको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै बनेको छ ।

‘दशैं लाग्यो यसपालि पनि घर आउन पाइएन आमा भनेर छोराले फोनमा भन्यो, सबैका छोरा घरमा आउँदा परदेशमा भएको छोरालाई सम्झेर मन साह्रै रुन्छ’, यस्तै बिलौना पोख्छन्, रामपुर नगरपालिका-५ स्थित सुन्दरटोलकी ६२ वर्षीया अम्बिका न्यौपाने ।

Advertisement

उनका पाँच भाइ छोरा र एक छोरीमध्ये साथमा दुई छोरा मात्रै घरमा छन् । अरू सबै परदेशी भूमिमा छन् । वर्षदिनमा एकपटक आउने ठूलो चाडपर्वले परदेशमा भएका छोराछोरी घर नफर्कंदा बेलाबेलामा मन भक्कानिएर आउने गरेको उनी बताउँछन्।

‘तीन भाइ छोरा कुबेत र दुबईको रोजगारीमा छन्, एक छोरी घरजम गरेर भारतमा बसोबास गर्छिन्, यसपालि पनि परदेशमा भएका सबै छोराछोरी घर नआउने भए,’ दुःख व्यक्त गर्दै उनले भने, ‘दशैंमा घर आउन मन थियो तर छुट्टी पाइएन आमा नरोइर्कन दशैं मनाउनु भनेर छोराछोरीले फोन गरेर भने, त्यो भनेपछि झनै मन थामिएको छैन।’

चाडपर्वका बेला मिठोमसिनो घरमा पाक्दा पनि रातदिन परदेशमा रहेका छोराछोरीलाई उनी सम्झिन्छन्। उनीलाई दशैं नजिकिँदै गर्दा घरमा भएको छोरा परदेशमा झोला बोकेर निस्कँदा झन् पीडाबोध भएको छ ।

‘दुई भाइ छोरा परदेशमा थिए, अर्को घरमा भएको छोरा पनि घटस्थापनाको अघिल्लो दिन मात्रै परदेशको बाटो लाग्यो, बुबाआमालाई सधैँ छोराछोरी काखमै भए हुन्थ्यो भन्ने लाग्छ, तीनै परदेशी छोराछोरीलाई सम्झेर रुँदै दिनरात बितेको छ,’ उनले आँसु पुछ्दै भने ।

घरभित्र उमारिएका जमरा, छरछिमेकका छोराछोरी घरमा भित्रँदा बुबाआमालाई अझ बढी आफ्ना सन्ततिको यादले झस्काइदिन्छ । यतिबेला दशैं पर्व मनाउन स्वदेश तथा विदेशमा रहेका नेपाली घर फर्कंदा गाउँमा चहलपहल छ । सहर बजार सुनसान बनेका छन् ।

स्वदेशमा जागिर पाइएन, विदेश पठाउनुपर्ने बाध्यता चाडपर्व आउँदा छोराछोरीकै झल्को आउने ७४ वर्षीय चुडामणि न्यौपाने बताउँछन् । ‘नातिनातिना र बुहारीलाई हेरेर चित्त बुझाउने त होला नि, कमाई पनि गर्नै पर्‍यो तर ठूलाठूला चाडपर्वमा छिमेकीका छोराछोरी झोला बोकेर घर आउँदा हाम्रा पनि आइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ’, उनले भने ।

उनी भन्छन्, ‘हाम्रा पालामा त विदेश जाने चलन नै थिएन, गाउँमै कुटो कोदालो गरेर जीवन धानियो, अहिले त गाउँमा बसेर कोही काम गर्दैनन्, विदेशमा पैसा रूखमै टिप्न पाइने झैँ गरेर उतै दौडिन्छन् ।’ ‘ए परदेशी आऊ है गाउँमै दशैं तिहार आइसक्यो झल्को लाइसक्यो,’ लोकगायिका विष्णु माझीको यो गीतले पनि परदेसिएका नेपालीका परिवारको मन झस्काइदिएको छ । परदेशमा रहेका सन्तति, श्रीमान्, आफन्तसँगसँगै बसेर दशैं मनाउने रहर कस्लाई पो नहोला र ?

परदेशको जागिर भनेको समयमा छुट्टी नमिल्दा दसैं पर्वमा घर जान नपाउँदाको पीडा परदेशीका पनि उत्तिकै छन् । यसपालीको दशैँमा पनि परदेशीको छुट्टि नमिल्दा चाडपर्व आउँदा पनि नरमाइलो लागेको अनुभव सुनाउँछिन्, लिमिसरा राना ।

‘गाउँमा जताततै चाडपर्वको रौनक छ, श्रीमान् परदेशमा हुनुहुन्छ, मनमा पीर त हुन्छ नै तर पनि चित्त बुझाउनै पर्‍यो,’ उनले भनिन् । चाडपर्व घरपरिवारसँगै रमाइलो गरी मनाउने रहर भए पनि मनभित्रै पीडा र वेदनालाई लुकाएर परदेशी भूमिमा बस्नु परेको पाल्पा रामपुरका कमल पराजुलीले बताउनुभयो ।

अर्काको अधीनमा बसेर काम गर्नुपर्‍यो, भनेको समयमा घर जान नपाइने, चाडपर्वको बेला घरपरिवार, आफन्त र गाउँको बढी याद आउने गरेको उनी बताउँछिन्। उनका अनुसार विदेशमा रहे पनि नेपाली मुलुकका साथीभाइबीच एकापसमा सँगै बसेर परम्परा र संस्कृति धान्दै दशैं मनाउने गरिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top