×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

भारत भ्रमणका क्रममा तुइन प्रकरण र सीमा समस्या उठाएँ: प्रकाश शरण

२६ आश्विन २०७८

२६ असाेज, काठमाडाैँ ।

सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन् । उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताए । उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए । भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हीतका विषयमा चर्चा भएको बताए ।

Advertisement
Advertisement

सह महामन्त्री महतले भने, ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः मैले नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौँ, ती मुद्दाहरुमा सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने,र वार्ता भन्दा अर्को विकल्प छैन,दुई देशको बहुआयामिक सम्बन्ध छ, सांस्कृतिक, सामाजिक, राजनीतिक, हरेक किसिमको जुन सम्बन्ध छ, यति धेरै बहुआयामिक सम्बन्ध भएको देशमा बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्,तर समस्या उत्पन्न भएपनि हाम्रो वार्ता, संवाद मार्फत् त्यसलाई समाधान गर्न सकिन्छ,समाधान बिहीन कुनै समस्या हुन सक्दैन,त्यसैले चाहे सीमा समस्या होस्, चाहे अन्य व्यापारको समस्या होस्, मैले व्यापार घाटाको समस्या पनि उठाएको थिएँ,यी तममा विषयमा छलफल भयो र सँगै महाकाली तुइन प्रकरणको विषयमा पनि मैले भने, हेर्दा सानो देखिन्छ,यो नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्,यी कुराहरुलाई भारत सरकारले पनि छानबिन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ भन्ने कुरा राखेँ, त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ, त्यस्तै कोभिशील्ड सप्लाइको कुरा पनि उठाएँ, त्यसलाई पनि चाँडै सप्लाई गर्न प्रतिवद्धता भएको छ, म ठ्याक्कै डेट तोक्न त सक्दिनँ,केमिकल फर्टिलाइजरको सप्लाइका कुराहरु पनि हामीले उठायौँ,नेपाल सरकारले महत्वपूर्ण उठाउनु पर्ने मुद्दाहरु उठाएका छाँै ।’

सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको बताए । उनले नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशील्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरुको तत्काल समस्या समाधान गर्ने बताए । उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निस्कर्षमा पुग्न आग्रह गरेको बताए ।

सह महामन्त्री महतले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नुभएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छ, नेपाल र नेपाली काँग्रेस पार्टीसँग महत्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरकोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ, हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौँ, सडकमा बोल्दै हिँड्दैनौँ भन्यौँ, नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ । कोभिशील्ड सप्लाई,तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौँ भन्ने आयो ।’

सह महामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको बताए। उनले पूर्व सरकारले जनता तिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कुटनीतिक पहल नगरेको आरोप लगाए । उनले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कुटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताए ।

सह महामन्त्री महतले भने, ‘पछिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्यो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कुटनीतिक तवरमा कुनै पनि कुरा बोल्नुभएन,हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौँ,सरकारी तहमा पनि कुराकानी गरिरहेका छौँ, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौँ, जनतातिर फर्केर ठूलो स्वरले कराउने,तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने,त्यो गलत हो, त्यसले नेपालको हीत गर्दैन,हामी कुटनीतिक टेबलमै आधार र तर्कसहित तथ्यांकसहित प्रश्तुत हुने र उहाँहरुको भनाइमा के आधार छ, त्यसमा छलफल गर्छौं, यो भन्दा अघिको सरकारले त कुरा नै गरेन, तर हामीले गर्न थाल्यौं ।’

उनले भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्धले नेपाली काँग्रेस र देशलाई नै सकारात्मक हुने बताए । कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए । उनले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताए ।

Advertisement

नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्ने र त्यसमै भारतको हीत हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहेका छन् । भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय समशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु बिष्ट,प्रवक्ता सुधांशु त्रिवेदी,महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top