बालिका बलात्कार अभियुक्तले गरे कारागारभित्रै आत्महत्या

बालिका बलात्कार अभियुक्तले गरे कारागारभित्रै आत्महत्या

पर्वत: पर्वत कारागारमा रहेका बन्दी दुर्गाराज पाण्डेले कारागारभित्रै आत्महत्या गरेका छन् । फलेवास नगरपालिका–७ लिमिठानाका ५९ वर्षीय पाण्डेले मंगलबार बिहान आत्महत्या गरेका हुन् ।

२०७८ वैशाख २ गते ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राखेको थियो । उनले २०७८ असोज २६ गते बिहान सवा ६ बजेको समयमा कारागार प्रशासनभित्रै रहेको आइसोलेसन भबनमा झुण्डिएर आत्महत्या गरेका हुन् । , यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.