माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

२८ असोज, काठमाडौं ।
भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

कप्तान सुनिल क्षेत्रीको दुई गोलमा साविक विजेता माल्दिभ्समाथि ३-१ को जित दर्ता गर्दै भारत फाइनल पुग्न सफल भएको हो ।

खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८स्४५ मा भारत र नेपालबीच हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.