३० असोज, सिरहा ।
सिरहामा एक युवकको शव इनारमा फेला परेको छ।
सिरहाको नरहा गाउपालिका–३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो।
मृतक गोलवजार नगरपालिका ८ का १८ वर्षीय शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। गए राति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका महतोको शव इनारमा फेला परेको हो।
नाच हेरेर घर नआएपछि खोज तलासको गर्ने क्रममा महतोको इनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। मृतकको शव इनारबाट बाहिर निकालिएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।
नाच हेर्न पुगेका बेला दुई युवा समूहबीचमा विवाद भएको थियो।