कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने

३० असोज, विराटनगर ।
कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ।

Advertisement

१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्।

Advertisement

नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भनी परीक्षणका लागि गाभीले खोप अनुदानमा पठाउन लागेको बताइएको छ। यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो। खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ।

ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ। यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

Advertisement

फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ।

यो खोप एकपटक अल्ट्रा कोल्ड चेन (माइनस ४४ देखि माइनस ८० सेल्सियस) बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन। तसर्थ यो खोप प्राप्त भएपछि कार्यक्रम सञ्चालन हुँदा विशेष ध्यान दिनुपर्ने महाशाखाका कर्मचारीहरु बताउँछन्।

फाइजर खोप अन्य जस्तै एक ब्यक्तिलाई २ मात्रा दिनु पर्छ । हाल प्राप्त हुने १ लाख ६२० मात्रा खोप दुवै मात्रा दिनको लागि सुनिश्चितता गरेर करिव ४५ हजार जनालाई पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा दिनेगरी व्यवस्था गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top