३० असोज, विराटनगर ।
बलिउड नायक अक्षर कुमारले फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् ।
आनन्द एल रायले बनाउने सो फिल्मको पोस्टर सार्वजनिक भएको छ । यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ ।
गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो ।
सन् १९६२ को सीनो-इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् ।
यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्ने र कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।









