×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

जुम्लाको हवाइ उडान एजेन्टको हातमा, यात्रु यातना खेप्दै

७ कार्तिक २०७८

७ कार्तिक, जुम्ला ।

जुम्लामा हवाइ उडान भर्ने सबैजसो एयरलाइन्स कम्पनीको टिकट एजेन्टले सुरु मै बुकिङ गर्ने भएकाले जुम्लाबासीले वर्षौदेखि यातना खेप्दै आइरहेका छन् ।

Advertisement
Advertisement

एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले मंहगो रकम तिर्नु परिरहेको छ । एयरपोर्ट स्थापनादेखि नै यो समस्या भए पनि समाधान गर्न तर्फ कुनै पनि निकाय अग्रसर भएको छैन ।

टिकट सुरुमै एजेन्टले कब्जा गर्ने भएकाले यात्रुहरूलाई एयरलाइन्सको कार्यालय कहाँ छ भन्ने समेत थाहा छैन । कोही बिरामी भएर अस्पताल लैजानु परे पनि पहुचवाला वा एजेन्ट खोज्दै हिड्नु पर्ने बाध्यता रहेको यात्रुहरूको दुखेसो छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरले शुक्रबार उडान भर्छन । यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्ने तालिका छ । तर जुम्ला आउने जाने सबै यात्रु टिकटबिनै एयरपोर्ट पुग्छन् ।

उनीहरू टिकट होइन बोर्डिङपासक आधारमा यात्रा गर्ने गर्छन । जुम्ला एयरपोर्टमा यात्राका लागि पाँच सात दिन भौतारिनु सर्वसाधारणका लागि सामान्य भएको स्थानीय षडानन्द आचार्य बताउँछन् ।

यस्तै, केन्द्रीय उपभोक्ता हित संरक्षण मन्च नेपालका उपमहासचिव विष्णु तिमिल्सेनाले सेडुअल फ्लाईटको अनुभूति यहाँका नागरिकले कहिल्यै गर्न नपाएको बताए । उनले भने, ‘म पनि २८ असोजदेखि एयरपोर्टमा विमान कुर्दै बसेको छु ।’

प्रशासनको निर्देशन कार्यान्वयन नै हुँदैन

१३ भदौमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई र एयरलाइन्सबीच टिकट पारदर्शिता रुपमा बिक्री गर्ने बिषयमा बैठक बसेको थियो । बैठकले पहिला आएका व्यक्तिलाई टिकट दिने निर्णय भएको थियो ।

एयरलाइन्सले इटिकटका लागि पहल गर्ने, स्वीकृत तालिका नियमित गर्ने, एयरलाइन्सको कार्यालयहरू स्थापना गर्नेलगायत विषयमा बैठकले निर्णय गरेको छ । तर बैठकका कुनै पनि निर्णय कार्यान्वयन भएको छैन । अहिले त झन जुम्लाबाट जहाज चढेका यात्रुले टिकट चाहिएको खण्डमा नेपालगन्जमा गएर टिकट प्रिन्ट गर्नेु पर्ने बाध्यता छ ।

नागरिक उड्यन प्राधिकरण जुम्लाका अनुसार गत शुक्रवार तारा एयरले मात्रै जुम्लाका लागि उडान गरेको थियो । प्राधिकरण प्रमुख प्रकाश शर्माले अन्य जहाज नभएकाले ताराले मात्रै उडान गरेको बताए । तर यात्रुहरूले भने जहाज कम्पनीले नियमित उडानको सम्झौतालाई अटेर गरेका कारण जुम्लाका यात्रुले पटकपटक दुःख पाउँदै आएको बताएका छन् ।

तालिका उडानका बारेमा नेपाल नागरिक उड्यन प्राधिकरणले ९ भदौ ०७८ मा प्रश्न सोधे पनि नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ दिएका छैनन् । यहीँ कारण लामो समयदेखि जुम्लामा तालिका अनुसार उडान भएको प्रधिकरणले जनाएको छ ।

यात्रुले कति सामान बोक्ने एजेन्टले तोक्छन्

जुम्लाबाट सुर्खेतसम्म यात्रा गर्ने एक यात्रुले १० किलो सामान लैजान पाउने नियम छ । यस्तै नेपालगन्जसम्म १५ किलो तोकिएको छ ।

कारणबस कुनै यात्रुको समान एक दुई किलो बढी भएमा एजेन्टले फाल्दिने गरेका छन् । तर पहँचुवाला र एयरपोर्टका एजेन्टका नातागोताले भने एकै जनाले ७० किलोसम्म सामान लान पाउँने एक यात्रुले आरोप लगाए ।

जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको टिकट बिक्री भने कम्पनीमार्फत नै हुने गरेको छ । नागरिक उड्यन प्राधिकरण जुम्लाले नागरिकको सूचना पाउने हकको समेत कुन्ठित गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

उनले भने, ‘अहिलेसम्म जुम्लाका कुनै पनि नागरिकलाई जुम्ला–नेपालगञ्जका भाडा कति हो भन्ने जानकारी दिएको छैन ।’ यस विषयमा सम्बन्धित निकाय मौन बस्दा नागरिकले मंहगीको मार खेप्दै आइरहेका छन् ।

Advertisement

जुम्लामा टिकट पाउन जनप्रतिनिधिदेखि मन्त्रीसम्मको पावर लाग्छ । जुम्ला सडक सन्जालमा जोडिए पनि वर्षायाममा बाढी पहिरोका कर्णाली राजमार्ग अवरुद्ध हुँदा एजेन्टहरूले मनलाग्दी भाडा असुल्ने गरेको यात्रुहरू बताउँछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top