शाहरुख खानका छोरा आर्यन धरौटीमा रिहा

११ कार्तिक, एजेन्सी।

मुम्बई क्रुज ड्रग्स मामिलामा जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा भएका छन् । मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट धरौटीमा छाड्ने फैसला गरेको हो।

लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपटक उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।

Advertisement

आर्यनलाई भारतको राष्ट्रिय लागु औषध अनुसन्धान ब्यूरोले ३ अक्टोबरमा एक जहाजबाट पक्राउ गरेको थियो। आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top