अवैध मदिरा सहित सात जना पक्राउ

Share this
708shares

विराटनगर, साउन १९
जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ । नेपालबाट भन्सार छली गरी भारततर्फ लैजादै गरेको अन्दाजी १ लाख ३० हजार रुपैया बराबरको मदिरा, नम्बर नभएको २ वटा मोटरसाइकल सहित ७ जनालाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका–२ का ३२ वर्षिय अमरेश भनेर चिनिने अमरकान्त यादव, भारत अररिया जिल्ला नवावगन्ज–११ का १५ वर्षिय विप्लव कुमार यादव, सोही स्थानका १९ वर्षिय बिकास कुमार शर्मा, ३० वर्षिय सुवास यादव, ४१ वर्षिय सरद यादव, २५ वर्षिय बिकास कुमार यादव र २० वर्षिय श्रवण कुमार यादव रहेका छन ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले विशेष सुचनाका आधारमा देवानगन्ज गाउँपालिका–४ स्थित नेपाल भारत सिमाना नजिकै १५ जनाको समुह टाउकोमा बोरा बोकेर भारततर्फ जादै गरेको देखेपछि उनीहरुलाई पक्राउ गरी बोरा चेकजाँच गर्दा ५ हजार १ सय ९० बोतल उमङ र दिलवाले नाम गरेको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नजिकै खेतमा समेत मदिराका कार्टुन थुपारेर राखेकोसमेत भेटिएको प्रहरीको भनाइ छ ।

Advertisement

बरामद मदिरा तथा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख २९ हजार रुपैया रहेको र आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top