×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भएसँगै परीक्षाको नतिजामा सुधार

१९ श्रावण २०७५

काठमाडौँ,साउन १९
त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ ।

सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको त्रिविले जनाएको छ ।

Advertisement
Advertisement

सेमेस्टर प्रणाली एउटा विषयको लागि कति क्रेडिट आवर प्रदान गरेर शिक्षण गर्ने भन्ने मापदण्ड निर्धारण गरी गुणस्तरीय पठनपाठन सञ्चालन गर्ने शैक्षिक प्रक्रिया हो । यसमा वार्षिक प्रणालीअनुसार एक विषयको १०० पूर्णाङ्क हुन्थ्यो भने, त्यही एक विषयको सेमेस्टर प्रणालीमा तीन क्रेडिट आवर मानिन्छ ।

जति क्रेडिट आवर हुन्छ, हप्तामा त्यति नै घण्टा कक्षाकोठामा पठनपाठन क्रियाकलाप हुनुपर्दछ भन्ने अनिवार्य शर्त सेमेस्टर प्रणालीमा हुन्छ, प्रत्येक १०० पूर्णाङ्कका विषयको लागि मासिक कम्तीमा १२ क्रेडिट आवर अनिवार्य निर्धारण गरिएको हुन्छ । पूर्णाङ्क ५० मात्र हुने विषयको भने यसको आधा मात्र क्रेडिट आवर हुनेगर्दछ । यसरी क्रेडिट आवरका हिसाबमा एक सेमेस्टरमा ४८ क्रेडिट आवर पठनपाठन हुने गरी चार महिनामा पूरा हुनेगर्दछ ।

चार पाँच महिनाभित्र नतिजा प्रकाशन

“विद्यार्थीहरूले वार्षिक प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गर्ने परीक्षाको नतिजा आउने आठ÷नौ महिना पर्खनुपर्ने बाध्यता थियो । अहिले सेमेस्टर प्रणालीअनुसारको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको जिम्मेवारी सम्बन्धित संकायहरूको डीन कार्यालयलाई दिइएको छ । गत शैक्षिकसत्रमा व्यवस्थापन संकायतर्फ २०७४ माघ ११ गते परीक्षा सकिएकोमा दुई महिना १८ दिनपश्चात २०७४ चैत २८ गते नतिजा प्रकाशन भएको थियो ।”त्रिविका सहायक प्रवक्ता नोदनाथ त्रितालले भने ।

यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ २०७४ माघ २ गते परीक्षा सकिएकोमा वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म विभिन्न विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको भइसकेको त्रिविले जनाएको छ ।सेमेस्टर प्रणाली अन्तर्गतका परीक्षाहरू डीन कार्यालयबाट सञ्चालन र नतिजा प्रकाशन शुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पनि वार्षिक प्रणालीको परीक्षाको परीक्षाफल प्रकाशनमा हुने ढिलाइ कम गर्दै दुई महिनाभित्र नतिजा प्रकाशन गरेको छ ।

स्नातक तहको नतिजा प्रकाशनमा सुधार गरी परीक्षा समाप्त भएको चार महिनाभित्र अनिवार्य नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ । यसबाट विद्यार्थीले नतिजाको लागि लामो समय पर्खनुपर्ने र समय खेर फाल्नुपर्ने समस्याको समाधान हुने उनको भनाइ छ ।त्रिविमा गुणस्तरीय शिक्षाको लागि सेमेस्टर प्रणाली लागू गर्नु र परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्दै आएको छ ।

Advertisement

स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष २०७०÷७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट शुरु भएको हो । शैक्षिक सत्र २०७४ देखि उपत्यकाभित्र पूर्णरुपमा र शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको हो ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top