×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

टि२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्ने आशा जीवितै

१८ कार्तिक २०७८

१८ कात्तिक, एजेन्सी ।

आइसिसी टि२० विश्वकप २०२१ मा भारतले पहिलो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले बुधबार राती अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो अंक गणीतिय आशा कायमै राखेको छ ।

Advertisement
Advertisement

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । अफगानिस्तानका करिम जन्नत २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्का सहित ३५ रन बनाए । ओपनर हज्रातुल्लाह जजाई १३, मोहम्मद शाहजाद शून्य र रहमानउल्लाह गुर्बाज १९ रनमा आउट भए । गुर्बाजले १० बलमा १ चौका र २ छक्का प्रहार गरे । गुलबदीन नइब १८ र नाजिबउल्लाह जद्रान ११ रनमा आउट भए ।

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । भारतका ओपनर रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ४८ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा बोल्ड आउट भए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ऋषभ पन्त र हार्दिक पान्ड्याले उत्कृष्ट अन्त्यका साथ विशाल योगफलमा पुर्याएका हुन् । तीव्र गतिका बलर करिम जन्नतले रोहितलाई मोहम्मद नाबीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । अर्का तीव्र गतिका बलर गुलबदीन नाइबले राहुललाई बोल्ड आउट गरेका थिए ।

विकेटकिपर ऋषभ पन्त १३ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । हार्दिक पान्ड्या १३ बलमा ४ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि हार्दिक र ऋषभले २१ बलमा ६३ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए । अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग र सोमबार नामिबियासँग खेल्नेछ । यी दुबै खेलमा भारतले फराकिलो जित निकालेर मात्र सेमिफाइनलमा पुग्न सक्दैन ।

Advertisement

न्युजिल्यान्डले बाँकी दुई खेल मध्य एक खेलमा हारेको खण्डमा मात्र नेटरनरेटको झिनो आशा बच्नेछ । न्युजिल्यान्डले शुक्रबार नामिबिया र आइतबार शुक्रबार खेल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top