प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी टुङ्गो लाग्यो

२१ साउन ७५, सोमबार
Share this
696shares

साउन २१ : सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ।

Advertisement

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सो अनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ।

ओएनएम सर्भेका अनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, गण्डकी प्रदेशमा २ हजार १ सय १४, प्रदेश ५ मा ३ हजार ८ सय २१, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ।

Advertisement

सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव ९अप्राविधिक ४२, प्राविधिक ७००, उपसचिव ९अप्राविधिक० २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ। आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top