×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

उपमेयर महिला कप: कपमा रोङ र कनकाई क्वाटरफाइनलमा

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडाैँ ।

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

Advertisement
Advertisement

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जीतमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरे । तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काए । खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई चुनिइन् ।

समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको रोङले बुधबार कैलालीको गौरीगंगा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पराजयसँगै तुलसीपुरको यात्रा समाप्त भएको छ । तुलसीपुर समुह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो ।

Advertisement

छनोट खेल अन्तर्गत आजै सम्पन्न अर्को खेलमा कनकाइ नगरपालिका झापाले सुनकोशी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । पेनाल्टी सुटआउटमा कनकाइले सुनकोशीलाई ३–१ गोलले हराएको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जित निकालेको कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन । प्रतियोगितामा भोली पनि दुई खेल हुनेछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top