×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

चिकित्सकको सुझाव– जाडो लागेसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्छ, सचेत बनौं

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडाैँ ।

जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । काठमाडौँसहित देशभर चिसोको मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे । उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए । कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे । त्यस्तै उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक,कान,मुख नचलाउन पनि आग्रह गरे । उनले यस्ता भाइरसबाट बच्नको लागि भाmेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताए ।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले भने, ‘चिसो मौसम बढेकोले गर्दा साना बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले एकदमै सतर्कता अपनाउन पर्ने हुन्छ, किनभन्दा अहिले फ्लूको सिजन बढेसँगै कोभिड पनि छ, फ्लूको सिजन पनि बढेको छ, यो सबैमा बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुलाई अलिकति अफ्ठ्यारो बनाउने गर्छ, श्वासप्रश्वासमा समस्या बनाउने हुनाले चिसोबाट जोगिएर तातो, न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ, धुलो पनि बिहानको समयमा हुने गरेकोले बिहान मर्निङ वाकमा निस्किन, घरबाहिर निस्किन, त्यति उपयुक्त नहुने खालको देखिन्छ, अर्को कुरा सुत्केरी महिलाहरुले पनि अहिले धुलोधुवाँ, चिसोबाट जोगिनुपर्ने हुन्छ, कपडाहरु न्यानो लगाउनुपर्ने, तातो झोल कुराहरु खानुपर्ने हुन्छ, रुघाखोकी लागेको कोही पनि त्यस्तो मान्छे छ भने उहाँको सम्पर्कबाट विशेष गरी टाढा बस्ने गर्नुपर्दछ, चाहे घर भित्रको कोही सदस्य होस् वा घर बाहिरको होस् रुघाखोकी लागेको मान्छेबाट बस्नुपर्छ, जसरी हामीले कोभिडमा गरिरहेका थियौँ, अहिले यो इन्फ्लूएन्जाको फ्लूको लागि गर्ने पनि त्यही नै हो, योसँगै अरु पनि भाइरसहरु डिनो, राइनो भाइरसहरु जसले बच्चाहरुमा धेरै रुघाखोकी गराउँछ, तिनीहरु पनि सक्रिया हुने बेला हो अहिले, त्यसैले सबै उमेर समुदायकाहरुले भाइरसबाट बच्नलाई जरुरी छ, विशेष गरी बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले, जस्तै किड्नी, सुगर, मुटुको रोग, बाथको रोग, क्यानसर वा न्यूरोलोजिकल केही समस्या भएका मानिसहरुले विशेष गरी जोगिनु पर्ने हुन्छ र जोगिने अर्को उत्तम उपाय भनेको हामीले भ्याक्सिन पनि लगाउनु पर्ने हुन्छ, नोभेम्बरमा २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउँदैछ, अहिलेसम्म सायद बजारमा आइसकेको छैन होला, तर नयाँ फ्लूको भ्याक्सिन आइसकेपछि सबै ६ महिना माथिका मानिसहरुले लाउनै नमिल्ने मेडिकल कन्डिशन छैन भने सबैले अनिवार्य रुपमा फ्लूको भ्याक्सिन लगाउनु होला, त्यसले मौसमी रुघाखोकीबाट पनि जोगिन्छ, पहिला शुरु कसरी जोगिने भन्ने हो । जोगिने दुई किसिमको हुन्छ, एउटा भ्याक्सिन लगाएर जोगिने भइयो, अर्को कुरा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्ने, रुघाखोकी लागिरहेको मानिसको नजिक नजाने, हातले नाक,मुख धेरै नचलाउने, आँखा,कानहरु नचलाउने, न्यानो रहने, भाmेलचिजहरु प्रशस्त पिउने, धुवाँ,धुलो र चिसोबाट बचिराख्ने, यही दुई माध्यमबाट हामी सबै किसिमका रुघाखोकीका भाइरसबाट बच्न सक्छौँ ।’

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए । उनले २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडबिरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top