२४ कात्तिक, एजेन्सी ।
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह गरेकी छन् ।
मलालाले ट्वीट गर्दै असरसँग आफूले जीवन साथीका रुपमा बाँधिएको बताएकी छन् । २४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् ।
सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । बालिका शिक्षाका बारेमा वकालत गरेको भन्दै मलाला अझै पनि तालिवानको निसानामा रहेकी छन् ।
सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन् ।