कर्णाली करिडोरको खुलालुमा बन्यो पक्कीपुल

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, काठमाडौं ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ। सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो।

कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो। सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले बताए। ‘औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा आउनेछ, उनले भने, ‘निर्माणको सबै काम सम्पन्न भएको छ।’

Advertisement

करिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारबाट फेरीबाट कर्णाली नदीमा सवारी साधन तार्ने गरिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीले बताए। ‘पुल नहुँदा फेरीबाट सवारी साधन तार्ने गरिएको थियो,’ उनले भने, ‘अब पुल निर्माण भएपछि करिडोर क्षेत्रमा यातायातमा साधन सञ्चालनका लागि सहज हुनेछ ।’

सोही करिडोरअन्तर्गतको खुलालुको पुल सञ्चालनमा आएको कालीकोटका पाँच, बाजुराका पाँच पालिकासहित मुगु र हुम्लावासीलाई यातायात साधनबाट सञ्चालनमा सहज हुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए।

Advertisement

करिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका सवारी साधन सिधै जाने बाटो खुल्ने पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top