×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जलवायु सहकार्य सशक्त बनाउन चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

२५ कार्तिक २०७८

२५ कार्तिक, लन्डन ।

चीन र अमेरिकाले जलवायु सहकार्यलाई सशक्त बनाउन आश्चर्यजनक सहमति जनाएका छन् ।

Advertisement
Advertisement

बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन– कोप २६ को अवसरमा यी दुई देशले आगामी दशक जलवायु सहकार्यलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।

जलवायु परिवर्तनका नकरात्मक असरलाई न्यून गर्ने बाचासहित दुबै देशहरुले एउटा संयुक्त घोषणा सार्वजनिक गरेका छन् । दुई देशको पछिल्लो कदमलाई एउटा ‘दुर्लभ घटना’ को संज्ञा दिइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्व तापमान १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता जनाउदै सहकार्य गर्ने दुबै देशले जनाएका छन् ।

लक्ष्य प्राप्तिका लागि देखिएको खाडल पुर्नसमेत दुबै देशहरुले आह्वान गरेका छन् । विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असरबाट जोगिन सकिने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

सन् २०१५ मा सम्पन्न पेरिस सम्झौतामा अधिकांश देशले सन् २०५० सम्ममा विश्वको तापलाई १ दशमलब ५ डिग्री सेल्सियस तापक्रममा सीमित पारेर कार्बन उत्सर्जन कटौतीमा योगदान दिने बताएका थिए ।

जारी सम्मेलनमा चीनका प्रतिनिधि तथा प्रमुख वार्ताकार साई जेनहुवाले जलवायु परिवर्तनका विषयमा चीन र अमेरिकाबीच धेरै पटक वार्ता भएको जानाकारी दिए । संयुक्त कदमका लागि दुई देशले पछिल्लो १० महिनामा ३० भन्दाबढी भर्चुअल बैठक आयोजना गरेको उनले बताए ।

मिथेनलगायत काबर्नयुक्त ग्यास उत्सर्जनमा कमी गर्न दुई देशबीच विभिन्न विषयमा सहमति भएको उनले बताए ।

कार्बन उत्सजर्नको मुख्य कारक मानिएको मिथेन सिमित गर्न यसै साता गरिएको सम्झौतामा सहभागी हुन चीनले अस्वीकार गरेको थियो ।

सम्झौतामा करिव १०० देशले हस्ताक्षर गरेका थिए । सम्झौताबाट भारत पनि पन्छिएको थियो । मिथेन समस्या समाधान गर्न चीनले राष्ट्रिय योजना विकास गर्ने थप प्रतिबद्धता जनाएको छ ।

Advertisement

अमेरिकी प्रतिनिधि जोन केरीले जलवायु परिवर्तनसम्बन्धी सहकार्यका विषयमा अमेरिका र चीनबीच कुनै मतदभेद नभएको बताए । हरेक कदम अर्थपूर्ण हुने र दुबै देश जलवायु परिवर्तनलाई न्यून गर्ने लामो यात्रामा सहकार्य गरेको उनले बताए । –एजेन्सी

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top