×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२१ श्रावण २०७५

काठमाडौँ, साउन २१
मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुधबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद अर्यालको भनाइ छ ।

Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।भोलि मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै नेपालगञ्जमा ६४, ओखलढुङ्गामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण आज काठमाडौँ र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको छ ।

देशभर मध्यम वर्षा

मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । मौसमविद् अर्यालको भनाइमा मौसमी मापदण्डअनुसार उच्च पहाडी र हिमाली भेगबाहेक ५० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई मध्यम र ५० भन्दा माथि गएमा भारी वर्षा मानिन्छ ।

एक सय मिलिमिटरभन्दा माथि भएमा अत्यधिक वर्षा मानिन्छ । अहिले सरदर देशभर मध्यम खालको र मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा भएको छ । काठमाडौँमा भएको वर्षा पनि भारी वर्षाकै हाराहारीमा हो ।

प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना

लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले जनाएको छ ।शाखाले आज तीन दिनसम्मको बढी बुलेटिन निकालेर कमला, बागमती, कन्काईलगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुलीलगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरुमा आकस्मिक बाढीको सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ । साथै, बबईलगायत नदीमा बहाव उच्च रहेकाले थप बढ्ने खरता छ । पहिरोग्रस्त क्षेत्रमा सतर्क अपनाउन भनिएको छ ।

Advertisement

देशैभर पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले साना खोलामा समेत बहाव एक्कासि बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको छ । भोलि देशका प्रायः प्रमुख नदीहरुमा पानीको सतह घट्दो क्रममा हुने भए पनि बहाव उच्च नै हुने हुँदा सतर्कता अपनाउन भनिएको छ । बुधबारबाट प्रायः नदीहरुमा बहाव सामान्य हुने शाखाको पूर्वानुमान छ ।
रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top