१२ कक्षा पढ्ने विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

१२ कक्षा पढ्ने विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

२५ कात्तिक, सन्धिखर्क ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले  ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक बनाएका छन्। सन्धिखर्क १ पाणिनी चोक निवासी सागर पोखरेलले बुटवलबाट बिदामा घर आएका बेला कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्।

घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यो बाइक बनाएको बताए। यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको प्रयोग गरी जेसिभीको निमार्ण गरेका थिए।

उनले भने, ‘राज्यले यस्ता प्रकारका क्षमतालाई संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा लाग्ने हो भने हामीले परिकल्पना गरेको शिक्षा प्राप्त गर्न कुनै समय लाग्ने छैन,सानो उमेरमा कागजका बनाउँथे, अहिले जीवनमा प्रयोगमा आउने साधन बनाएको छु।’

कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उनको भनाई छ। उनले निर्माण गरेको इलेक्ट्रोनिक बाइको टुडिखेलमा डेमो प्रदर्शन गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाइक टुडीखेलमा दौडाएका हुन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रमको व्यानर अनावरण गरेर उद्धाटन गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.